जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त
शुक्रबार, १२ जेठ २०८०, २३ : ००
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।
प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन् ।
२०६४ मा उपेन्द्र नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरेका उनी २०६६ मा फोरमको पर्सा जिल्ला उपाध्यक्ष भएका थिए । २०६७ मा फोरमको पर्सा जिल्ला अध्यक्ष भएका उनी हाल केन्द्रीय सदस्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण