आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

शुक्रबार, १२ जेठ २०८०, २३ : ००
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन् ।

२०६४ मा उपेन्द्र नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरेका उनी २०६६ मा फोरमको पर्सा जिल्ला उपाध्यक्ष भएका थिए । २०६७ मा फोरमको पर्सा जिल्ला अध्यक्ष भएका उनी हाल केन्द्रीय सदस्य छन् ।

343672716_1016682459325835_2707853954401788675_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप