बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथ दाहालविरुद्ध खनिए केपी ओली–भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह !

शुक्रबार, १२ जेठ २०८०, १७ : २१
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका सांसद लेखनाथ दाहालविरुद्ध खनिएका छन् । 

देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिएको ओलीको कटाक्ष छ । यस्तो अभिव्यक्ति दिनु नै देशद्रोह भएको ओलीले जिकिर गरे । 

शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहीन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको बताए । 

 एउटा जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद् अवरुद्ध पारेको ओलीको भनाइ थियो । 

उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारुढ दलहरूले मिलेर आरोप लगाइरहेको बताए ।  

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबी समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप