भ्रष्टाचारविरुद्ध काम गर्दा सरकार घेराबन्दीमा पर्यो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारणसभा तथा २१ औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
सरकारले भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दी भएको उनको भनाइ छ ।
विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइन् । सरकारको प्रवक्ता समेत रहेकी शर्माले संसदमा सानो संख्यामा भएपनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।
गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।
उनले भनिन्– ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ ।’ मन्त्री शर्माले गणतन्त्र दिवस, जनयुद्ध र जनआन्दोलनमा योगदान पुर्याएकाहरुलाई पनि सम्मान गर्दै मनाउन सर्कुलर गरेको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
-
आरआर क्याम्पसमा नेविसंघको विवाद के हो ?
-
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर