उपाधि होडमा रहेको मच्छिन्द्र बराबरीमा रोकियो

काठमाडौँ । उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लब विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ । त्यस्तै अर्को खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
सहिद स्मारक ए डिभिजन लिगको खेलहरूमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको सुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अङ्क बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो । ‘ए’ डिभिजन लिगमा साबिक विजेता मच्छिन्द्र क्लबविरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अङ्क जोडेको आर्मी सातौँ स्थानमा झरेको छ । मच्छिन्द्र समान खेलबाट ३५ अङ्कका साथ दोस्रो स्थानमा यथावत् छ ।
रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा १७ औँ मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले सुरुवाती अग्रता लिएको थियो । तर ६० औँ मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो । आर्मी लिगमा मच्छिन्द्रविरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो ।
लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबले जावलाखेल युथ क्लबमाथि २–० को सहज जित निकालेको हो । जितसँगै २२ खेलमा २९ अङ्क जोडेको छ । एपीएफ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा कायम छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक÷एक गोल गरे । सुरुआत बाट जावलाखेल बिरुद्ध आक्रामक खेल देखाएको एपीएफले खेलको २३ औँ मिनेटमा बिडोमको गोलमार्फत अग्रता लिएको थियो । बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए । पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपीएफलाई २–० को जित दिलाए । बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । ८६ औँ मिनेटमा एपीएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए । मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपीएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदान पठाएका थिए ।
यससँगै एपीएफ लिगमा जावलाखेलबिरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना
-
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदलाई कांग्रेसको ह्वीप