भारत भ्रमणबारे परामर्श लिन प्रधानमन्त्रीले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक
आइतबार, १४ जेठ २०८०, ०८ : ४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दै छन् । सिंहदरबारमा आइतबार दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले त्यसका लागि पूर्वप्रधानमन्त्री, दल नेता र पूर्व परराष्ट्रमन्त्रीको बैठक बोलाएका हुन् ।
उनीहरुसँगको छलफल लगत्तै ३ः३० बजे प्रधानमन्त्रीले कुटनैतिक परामर्श गर्ने उनको सचिवालयले जनाएको छ । छलफलका लागि पूर्व परराष्ट्र सचीव, भारतका लागि पूर्व राजदुतहरु र विज्ञहरुलाई बोलाइएको छ । प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण