शरणार्थीको नाममा ठगी
शरणार्थी प्रकरण : अदालतमा आज थप आरोपीको बयान
आइतबार, १४ जेठ २०८०, १० : ५६

काठमाडौँ । शरणार्थी प्रकरणमा संलग्नहरू आरोपीहरूको बयान आज पनि हुँदै छ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुने छ ।
शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने अभियोजनमा संलग्न अधिकारीहरू बताउँछन् ।
न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए । आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो
-
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा
-
शान्तीश्री परियार र धिरज कोइरालाको स्वरमा ‘सिङ्गै जोबन दिन्छु’ सार्वजनिक
-
पर्सामा आगलागीबाट घरगोठ जले