शरणार्थीको नाममा ठगी
शरणार्थी प्रकरण : अदालतमा आज थप आरोपीको बयान
आइतबार, १४ जेठ २०८०, १० : ५६
काठमाडौँ । शरणार्थी प्रकरणमा संलग्नहरू आरोपीहरूको बयान आज पनि हुँदै छ । काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा आरोपीहरूको बयान निरन्तर हुने छ ।
शुक्रवार केशव प्रसाद दुलाल र सागर राईको बयान सकिएको थियो । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको आरोपमा १७ जना थुनामा छन् । अदालतमा बयान पुरा हुन कम्तीमा ६ दिन लाग्ने अभियोजनमा संलग्न अधिकारीहरू बताउँछन् ।
न्यायाधीश न्यौपानेको इजलासमा शुक्रवार दुईजना इजलास अधिकृतहरूले बयान गराएका थिए । आइतबार इजलास अधिकृत थपेर थप एक जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक अधिकृतले रातोपाटीलाई बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण