गरिबीको सङ्ख्या घट्यो, निरपेक्ष गरिबीको रेखामुनि अझै १५ प्रतिशत
काठमाडौँ । सरकारले पछिल्ला वर्षमा गरिबीको सङ्ख्या घटेको जनाएको छ । आइतबार आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको सरकारले नेपालको निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसङ्ख्या घटेर १५.१ प्रतिशतमा झरेको जनाएको हो । जबकि आर्थिक वर्ष २०७५/७६ मा यस्तो गरिबीको सङ्ख्या १८.७ प्रतिशत हाराहारी रहेको जनाइएको थियो ।
गरिबीको अवस्थामा रहेका वर्गको वास्तविक विवरण तयार गरी गरिबी र आय असमानता न्यूनीकरण गर्न गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण जस्ता विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएकोमा पछिल्लो समय गरिबी न्यूनीकरणमा सुधार आएको सरकारले जनाएको छ ।
साथै, समीक्षा अवधिमा बहु आयामिक गरिबीमा रहेको जनसङ्ख्या १७.४ प्रतिशत रहेको छ । राष्ट्रिय योजना आयोग, २०७९ का अनुसार मानव विकास प्रतिवेदन, २०२१ अनुसार नेपालको मानव विकास सूचकाङ्क ०.६०२ पुगेको छ। प्रतिवेदनअनुसार मानव विकासको विश्व श्रेणीमा नेपाल १४३ औँ स्थानमा रहेको छ। शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा बढ्दै गएको लगानीका कारण सामाजिक क्षेत्रका परिसूचकमा क्रमिक सुधार हुँदै गई मानव विकास सूचकाङ्क सन् १९९० देखि २०२१ सम्म वार्षिक औसत १.३४ प्रतिशतले बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण