अमेरिकी प्राध्यापकको दाबी : ‘लामो समयदेखि एलियन हामीबीचमै छन्’
काठमाडौँ । एलियन अर्थात अन्य ग्रहबाट आएका प्राणीहरु, हामी पृथ्वीवासीका लागि सधैं चासो र रहश्यको विषय बन्दै आएका छन् । एलियनको विषयमा विश्वभर थुप्रै चर्चापरिचर्चा हुने गरेका छन् । एलियनको प्रसंगलाई समेटेर थुप्रै पुस्तक पनि प्रकाशित भएका छन् ।
पछिल्लो समय अमेरिकाको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्वविद्यालयका एक प्रध्यापकका कारण एलियनको विषय फेरि चर्चामा आएको छ । लामो समयदेखि पृथ्वीमा एलियन रहेको दाबी प्राध्यपक गेरी नोलानले गरेका छन् ।
‘एलियनहरु पृथ्वीमा हिजो पनि थिए र आज पनि छन्,’ प्राध्यापक नोलानले हालै सम्पन्न एक कार्यक्रममा भनेका छन् । एलियनको विषयमा विज्ञहरुले लामो समयदेखि अध्ययन अनुशन्धान गरिरहेको दाबी पनि उनले गरेका छन् ।
पृथ्वीका विभिन्न भागमा फेला परेका अज्ञात र रहश्यमयी विमानहरुको विषयमा पनि अनुशन्धान भइरहेको उनले बताएका छन् । गत साटा म्यानहटनमा भएको ‘दि पेन्टागन, एक्स्ट्राटेरिस्टेरियल इन्टलिजेन्स एन्ड क्र्यास्ड यूएफओ’ विषयक सम्मेलनका क्रममा प्राध्यापक नोलानले यस्ता दाबी गरेका हुन् ।
कार्यक्रमका प्रस्तोता एलेक्स क्लोकुसले पनि प्राध्यापक नोलानलाई उदृत गर्दै अन्य गृहमा जीवन रहेको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । यसै विषयमा केन्द्रीत रहेर सोधिएको एक प्रश्नमा प्राध्यापक नोलानले भनेका छन्, ‘शतप्रतिशत पृथ्वीमा एलियन छन् ।’
उनले अन्य गृहमा पृथ्वीको भन्दा पनि उन्नत सभ्यता रहेको दाबी पनि गरेका छन् । ‘मेरो विचारमा उनीहरुले विज्ञान र प्रविधिमा उच्चतम विकास गरेका छन्,’ प्राध्यापक नोलान भन्छन्, ‘उनीहरुमा लामो समयदेखि हामीहरुकै बीचमा छन् । छालाको जस्तो विशेष कपडा लगाएर उनीहरु हामीसँग घुमिरहेका छन् ।’
उनले आफ्नो भनाइलाई पुष्टि गर्न दक्षिण अमेरिकाका आदिबासी कबिलाहरुको उदाहरण अगाडि सारेका छन् । सुरुमा दक्षिण अमेरिकाका कबिलाहरुले समुद्री जाहाजलाई देख्दा अचम्म मान्थे तर, आजभोली समुद्री जहान उनीहरुका लागि सामान्य कुरा भएको छ । ठिक त्यसैगरी लामो समयदेखि हामीबीचमै रहेका एलियनहरु पनि अहिले सामान्य भइसकेका छन् । प्राध्यापक नोलानले अमेरिकी सरकार समेत एलियनको बारेमा जानकार रहेको र यस विषयमा लामो समयदेखि अनुशन्धान गरिरहेको दाबी पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण