सेनाको ‘बंकर देखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता

काठमाडौँ । नेपाली सेनाको ‘बंकर’ विस्थापन गरेर ब्यारेकमा स्थानान्तरण गर्ने ‘बंकर देखि ब्यारेक’ सम्म कार्यक्रमलाई सरकारले निरन्तरता दिने भएको छ । सोमबार संसदमा आर्थिक वर्ष २०८०–०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।
राष्ट्रहितको रक्षाका लागी सेनाको क्षमता अभिवृत्ति गरिने उल्लेख गर्दै अर्थमन्त्री महतले भने,‘राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गरिने छ ।’
मुलुकका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री निर्माणमा आत्मनिर्भरता हासिल गर्दै लाग्ने उद्घोष गरेका मन्त्री महतले ‘बंकर देखि ब्यारेक’ र ‘मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर’ निर्माणमा आवश्यक बजेट विनियोजन गरेका बताए ।
सेनाको शैक्षिक पूर्वाधार निर्माण गर्न पनि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री महतले संसदमा जानकारी गराएका छन् । ‘राष्ट्रिय सेवादल मार्फत राष्ट्रहित प्रति समर्पित अनुशासित र राष्ट्रप्रति बफादार जनशक्ति निर्माणलाई निरन्तरता दिइने छ’ अर्थमन्त्री महतले भने ।
विपद् तथा प्रकोप व्यवस्थापनमा र मानवीय सेवामा राष्ट्रिय सेवा दलबाट दीक्षित युवाहरूलाई परिचालन गर्ने व्यवस्था मिलाउने उनले बताए । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापनामा नेपालको भूमिका बढाउँदै लाने अर्थमन्त्रीले उद्घोष गरेका छन् ।
पाँचखालस्थित सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकाश गरिने अर्थमन्त्री महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान