संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग
मङ्गलबार, १६ जेठ २०८०, ०९ : २३
काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् ।
मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकमा बोल्दै सांसद घर्तीले संसदीय सुनुवाइ समिति सार्वजनिक सरोकारको समिति भएकोले समितिको बैठक प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक जस्तै प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न आग्रह गरिन् ।
उनले भनिन्–‘जुनसुकै व्यक्तिको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गरिनुपर्छ । सिफारिस भएको व्यक्तिको पृष्ठभूमि के छ, उसले काम गर्न सक्छ कि सक्दैन, राज्यका उच्च स्थानमा जाने व्यक्ति चाहे प्रधानन्यायाधीश होउन् सबैको सुनुवाइ गर्दा प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्नुपर्छ ।’
समितिको पहिलो बैठकमा आन्तरिक कार्यविधि निर्माणबारेमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण