सेयर बजार
बजेट लगत्तै सेयर बजारमा ५३ अंकको पहिरो
मङ्गलबार, १६ जेठ २०८०, १५ : ३२
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएको भोलिपल्ट नै सेयर बजारमा ठुलो गिरावट आएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५३.१६ अंकले घट्दै १८ सय ८८.६१ अंकको विन्दुमा झरेको हो ।
तर, यता कारोबार भने २ अर्ब ३४ करोड १७ लाख रुपैयाँमाथिको भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । नेगेटिभ मार्केटकाबीच पनि आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वीट–गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य ९.२६ प्रतिशतले घट्न पुगेको छ । सरकारले सोमबार आगामी आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण