दिल्लीमा आज आँधीसहितको वर्षा हुने, 'एलो अलर्ट' जारी
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलवार साँझ ८० किलोमिटर प्रति घण्टाको दरमा तेज आँधी चलेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार पश्चिमी वायुको प्रभावका कारणले आज पनि दिल्लीसहित उत्तरी भारतीय क्षेत्रमा आँधी आउने तथा वर्षा हुने अनुमान गरिएको छ ।
मौसम विभागले बुधबारका लागि ‘एलो अलर्ट’ जारी गर्दै आँधी र भारी वर्षाका कारण यातायात अवरुद्ध हुने तथा समतली जमिनमा पानी जम्न सक्ने चेतावनी दिएको छ । कार्यालयले बुधबार अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरेको छ ।
आईएमडीको तथ्याङ्क अनुसार सफदरजङ्ग वेधशालामा मे महिनामा अहिलेसम्म ८६.७ मिलिमिटर वर्षा भएको छ । राष्ट्रिय राजधानीमा मे महिनामा औसत १९.७ मिलिमिटर वर्षा हुन्छ।
महाशाखाका अनुसार असार ५ गतेसम्म दिल्लीको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा कम हुनेछ । दिल्लीको प्राथमिक मौसम केन्द्र सफदरजंग अब्जर्भेटरीले मङ्गलवार अधिकतम तापक्रम ३५.९ डिग्री सेल्सियस रेकर्ड गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण