फिलिपिन्समा पत्रकारको गोली हानी हत्या
मिन्डोरो । फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो ।
मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् ।
आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका छन् ।
गत जुनमा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि मारिने बुन्डुक्विन तेस्रो पत्रकार हुन् । केही महिनाअघि रेडियो प्रसारक पर्सिभल माबासालाई मनिलास्थित उनको स्टुडियोतर्फ गइरहेका बेला गोली हानी मारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानीकर्तासँग गरेका प्रतिज्ञामा भुलचुक हुन दिनु हुँदैन : पूर्वउपाध्यक्ष क्षेत्री
-
निर्देशक बन्ने सोच छ : दयाहाङ राई
-
घरेलु मैदानमा बलियो दिल्लीलाई मुम्बईको चुनौती
-
अविनाशले दिलाए नेपाललाई चौथो सफलता
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’
-
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु