चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्न आङ्बोको माग
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सञ्चालनको पहल गर्न माग गरेका छन् ।
प्रधानमन्त्री तथा आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै आङ्बोले चिवाभन्ज्याङ नाका खोल्ने प्रक्रिया सुरु गर्ने विषयमा भारतसँग कुरा गर्न सुझाव दिएका हुन् ।
‘राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण कार्य अगाडि बढिरहेको मध्य पहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रेको निम्ति सरकारले प्रत्येक आ.ब.मा प्राथमिकताका साथ बजेट विनियोजन गरिरहेको छ । तर मध्य पहाडी राजमार्गको प्रारम्भ बिन्दु ‘चिवाभन्ज्याङ’ नाका कहिले खुल्ने भन्ने सबैमा चिन्ता र चासो व्याप्त रहेको छ,’ आङ्बोले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यूको यसपालिको भारत भ्रमणको मिति निश्चित भएपछिको भेटमा ‘चिवाभन्ज्याङ’ सिक्किम (भारत) अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्न भारत सरकारसँग प्रारम्भिक प्रक्रिया थालनीको निम्ति आवश्यक छलफल होस भनेर आग्रह गरेको छु ।’
उनले राष्ट्रिय गौरवको मध्य पहाडी सडकले जोड्ने ‘चिवाभन्ज्याङ’ नाका सञ्चालनलाई सरकारले प्राथमिकता साथ अगाडि बढाउने र त्यसको निम्ति भारत सरकारसँग छलफल प्रारम्भ गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको स्मरण पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण