आमिर खानले कपिल शर्मालाई भने, ‘म तपाईंको ठुलो फ्यान तर कहिल्यै शोमा बोलाउनुभएन’
बलिउड अभिनेता आमिर खानले आफू कपिल शर्माको ठुलो फ्यान भएको बताएका छन् ।
आमिर र कपिल हालै गिप्पी ग्रेवालको आउँदो फिल्म ‘क्यारी अन जट्टा थ्री’ को ट्रेलर लञ्चमा सँगै देखिएका थिए । कार्यक्रमका बेला आमिरले कपिलसँग आफ्नो गुनासो पोख्ने क्रममा सो कुरा बताएका हुन् ।
म तपाईंको ठुलो प्रशंसक हुँ
मिडियासँगको कुराकानीमा आमिरले उनी कपिल शर्माको निकै ठुलो प्रशंसक भएको बताएका छन् । आमिर भन्छन्, ‘आजकाल म आफ्नो परिवारसँग समय बिताइरहेको छु । हरेक बेलुका यस्तो कार्यक्रमको आनन्द लिन्छु जसमा कमेडी होस् ।’
‘पछिल्ला केही दिनदेखि कपिल शर्मा शो हेरिरहेको छु । म उनको ठुलो प्रशंसक भएको छु । मेरा यति साँझ उनले रङ्गिन बनाएका छन् । यति हाँसेको छु म । मैले कपिललाई फोन गरेर उनको तारिफ पनि गरेको थिएँ । उनले धेरैलाई हँसाउँछन् ।’
आमिरले भने, ‘तपाईंले मलाई कहिल्यै बोलाउनुभएन’
त्यसपछि आमिर भन्छन्, ‘तर तपाईंले कहिल्यै मलाई शोमा बोलाउनु भएन ।’ यो सुन्ने बित्तिकै त्यहाँ उपस्थित सबै जना हाँस्न थाले । त्यसपछि कपिलले भने, ‘तपाईं आएको दिन हाम्रो सौभाग्यको दिन हुनेछ । हामी सधैँ भीड–भाडमा मात्रै भेटेका छौँ । अहिले पनि तीन वर्षपछि मात्रै भेटेका हौँ । हामीले तपाईंलाई बोलाएका थियौँ । तपाईंले फिर्ता भएपछि कुरा गर्नेछु भन्नु भएको थियो ।’
आमिरले त्यसपछि थपे, ‘तपाईंले हामीलाई फिल्म प्रमोसनका लागि बोलाउनुभएको थियो । म फिल्म प्रमोसनका लागि आउन चाहन्नँ, म मनोरञ्जनका लागि मात्रै आउन चाहन्छु ।’
फिल्म गर्नका लागि भावनात्मक रूपमा तयार छैनन् आमिर
आमिर खानलाई अन्तिम पटक लाल सिंह चड्डामा देखिएको थियो तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । त्यसपछि अभिनेताले आफ्नो कुनै नयाँ फिल्मको घोषणा गरेका छैनन् । यो कार्यक्रममा मिडियाले उनीसँग आउँदो प्रोजेक्टबारे प्रश्न सोधे ।
आमिरले यो प्रश्नको जवाफ दिँदै भने, ‘मैले अहिलेसम्म कुनै फिल्म साइन गरेको छैन । म आफ्नो परिवारसँग मात्रै समय बिताउन चाहन्छु । म आजकाल यही मात्रै गरिरहेको छु । म फिल्म त्यतिबेला मात्रै गर्नेछु जब म भावनात्मक रूपमा यी चिजका लागि तयार हुनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण