फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै अदालतमा रिट दर्ता
पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । बुधबार उच्च अदालत पोखरामा अधिवक्ता मनोज घर्ती मगरले परमादेश माग गर्दै रिट गर्दा गरेका हुन् ।
रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको छ । फेवातालको सिरानमा टिपरबाट माटो बोकेर सिमसार र रामसार पुर्ने कार्य रोक्न रिट निवेदनमा माग गरिएको छ । सिमसार पुर्न प्रयोग भइरहेका टिपर र डोजरहरू तत्कालै नियन्त्रणमा लिन अन्तरिम आदेश माग गरिएको हो ।
अधिवक्ता मगरले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी, वन तथा वातावरण मन्त्रालय गण्डकी, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटालाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
‘सिमसार क्षेत्र ह्रास हुँदै जाँदा वातावरणमा प्रतिकूल असर पर्ने, प्रदूषण बढ्ने, वर्षामा कमी हुँदा राज्यले विश्व समुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रूपमा सूचिकृत सिमसार क्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरहेको छ,’ रिटमा उल्लेख छ ।
सर्वोच्च अदालतको आदेश विपरीत फेवातालको सिमसार क्षेत्र पुर्ने काम भइरहेका रिटमा उल्लेख छ । ‘दिनहुँ साँझ पर्नासाथ दर्जनौँ टिपरमा माटो ओसारेर ताल छेउको होचो जमिन उकास्ने र सम्म्याउने काम भइरहेको छ,’ निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण