ए डिभिजन लिगमा आज तीन खेल हुँदै
बिहीबार, १८ जेठ २०८०, ०७ : २५

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । अखिल फुटबल सङ्घ (एन्फा)का अनुसार आजका तीन खेल मध्ये दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ भने एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।
च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजेबाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, रङ्गशालामा नै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन