कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते
बिहीबार, १८ जेठ २०८०, २१ : २८
मुजफ्फरगढ । पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ । मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई (४०), बिलाल (३८), इकबाल (३०), शानो माई (२८) र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।
घाइतेहरुलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपी विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-(रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण