टोपबहादुरको तर्फबाट सुशिल पन्तसहित ५ वरिष्ठ अधिवक्ताले बहस गर्दै

काठमाडौँ । शरणर्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ ।
आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहस शुरु हुन्छ । पुर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्ने भएका छन् । पन्त र बडाल पूर्व महान्यायाधीवक्ता पनि हुन् । रायमाझीको तर्फबाट बहस गर्नेगरी वकालतनामा बुझाएको वरिष्ठ अधिवक्ता रमेश बडालले रातोपाटीलाई बताए ।
रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुलीले बहस गर्ने भएका छन् । अधिवक्ता धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि टोपबहादुरको तर्फबाट बहस गर्दैछन् । अदालतमा बयान दिनुअघि रायमाझीले आकृति र करुणाकर मल्लीकसँग परामर्श गरेका थिए । बिहीबार रायमाझीको बयान पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड खोस्ने धम्की