टोपबहादुरको तर्फबाट सुशिल पन्तसहित ५ वरिष्ठ अधिवक्ताले बहस गर्दै
काठमाडौँ । शरणर्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ ।
आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहस शुरु हुन्छ । पुर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्ने भएका छन् । पन्त र बडाल पूर्व महान्यायाधीवक्ता पनि हुन् । रायमाझीको तर्फबाट बहस गर्नेगरी वकालतनामा बुझाएको वरिष्ठ अधिवक्ता रमेश बडालले रातोपाटीलाई बताए ।
रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुलीले बहस गर्ने भएका छन् । अधिवक्ता धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि टोपबहादुरको तर्फबाट बहस गर्दैछन् । अदालतमा बयान दिनुअघि रायमाझीले आकृति र करुणाकर मल्लीकसँग परामर्श गरेका थिए । बिहीबार रायमाझीको बयान पूरा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण