शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेसमा हस्तक्षेपकारी भूमिका खोज्दै सिडेन

शुक्रबार, १९ जेठ २०८०, १८ : ००
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नवनिर्वाचित कार्यसमितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको छ । नवनिर्वाचिच अध्यक्ष लक्ष्मण केसीसहितको टोलीले देउवालाई भेटेर समसामयिक विषयमा छलफल गरेको छ ।  भेटको क्रममा सभापति देउवासमक्ष सिडेनले गर्दै आएको काम, पार्टीका गतिविधिमा खेल्दै आएको भूमिका लगायतका विषयमा अवगत गराएको थियो । 

अध्यक्ष केसीले सभापतिसँगको भेटमा कांग्रेसले लिने विकास निर्माणका योजनाहरूमा सिनेडले सरसल्लाह दिने र यसलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा कुराकानी भएको बताए ।  सिडेनमा हाल १० हजार भन्दा बढी सदस्य आबद्ध रहेकोे भन्दै उनीहरू इन्जिनियरिङ क्षेत्रका विज्ञहरू रहेको स्मरण गराएका थिए । 

‘हाम्रो संस्थाको बारेमा जानकारी दियौं । संस्थाले गर्दै आएको कामका विषयमा जानकारी दियौं । संस्थामा आबद्ध रहेका विज्ञ इन्जिनियरहरूको बारेमा जानकारी दियौं । पार्टीले संस्थागत रूपमा दिनुपर्ने कुरा समेत गर्यौं’ अध्यक्ष केसीले भने ।  सभापति देउवाले सिडेनका गतिविधि थप प्रभावकारी बनाउने र त्यसका लागि पार्टी पंक्तिभित्र समेत छलफल गरेर अगाडि बढ्ने बताएका थिए । सिडेन कांग्रेसको शुभेच्छुक संस्था भएको तर, पार्टीले गर्ने निर्णय तथा जिम्मेवारीमा आफुहरू नपर्ने विषयमा समेत जानकारी गराएको उनको भनाई छ । 

नेपाली कांग्रेसलाई सशक्त बनाउन सिडेनको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । त्यसका लागि पार्टीभित्र समेत सिडेनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप