नेपाली कांग्रेसमा हस्तक्षेपकारी भूमिका खोज्दै सिडेन
काठमाडौँ । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नवनिर्वाचित कार्यसमितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको छ । नवनिर्वाचिच अध्यक्ष लक्ष्मण केसीसहितको टोलीले देउवालाई भेटेर समसामयिक विषयमा छलफल गरेको छ । भेटको क्रममा सभापति देउवासमक्ष सिडेनले गर्दै आएको काम, पार्टीका गतिविधिमा खेल्दै आएको भूमिका लगायतका विषयमा अवगत गराएको थियो ।
अध्यक्ष केसीले सभापतिसँगको भेटमा कांग्रेसले लिने विकास निर्माणका योजनाहरूमा सिनेडले सरसल्लाह दिने र यसलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा कुराकानी भएको बताए । सिडेनमा हाल १० हजार भन्दा बढी सदस्य आबद्ध रहेकोे भन्दै उनीहरू इन्जिनियरिङ क्षेत्रका विज्ञहरू रहेको स्मरण गराएका थिए ।
‘हाम्रो संस्थाको बारेमा जानकारी दियौं । संस्थाले गर्दै आएको कामका विषयमा जानकारी दियौं । संस्थामा आबद्ध रहेका विज्ञ इन्जिनियरहरूको बारेमा जानकारी दियौं । पार्टीले संस्थागत रूपमा दिनुपर्ने कुरा समेत गर्यौं’ अध्यक्ष केसीले भने । सभापति देउवाले सिडेनका गतिविधि थप प्रभावकारी बनाउने र त्यसका लागि पार्टी पंक्तिभित्र समेत छलफल गरेर अगाडि बढ्ने बताएका थिए । सिडेन कांग्रेसको शुभेच्छुक संस्था भएको तर, पार्टीले गर्ने निर्णय तथा जिम्मेवारीमा आफुहरू नपर्ने विषयमा समेत जानकारी गराएको उनको भनाई छ ।
नेपाली कांग्रेसलाई सशक्त बनाउन सिडेनको पनि महत्वपूर्ण भूमिका रहने उनको भनाई छ । त्यसका लागि पार्टीभित्र समेत सिडेनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण