भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
शनिबार, २० जेठ २०८०, १३ : ३५

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।
करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण