सुनिलको गोलको सहयोगमा हारबाट जोगियो थ्री स्टार
काठमाडौँ । वैकल्पिक खेलाडी सुनिलको गोलको सहयोगमा शनिवार थ्री स्टार क्लब विभागीय टोली एपिएफ क्लबसँग हारबाट जोगिएको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत २४ औँ चरणको खेलमा थ्री स्टारले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गर्दा एपिएफसँग १–१ गोलको बराबरी खेल्दै अङ्क खोस्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्री स्टार र विभागीय टोली एपिएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । पहिलो हाफमा पछि परेको थ्री स्टारका लागि सुनिल तामाङले दोस्रो हाफमा बराबरी गोल फर्काएका थिए । यसअघि एपीएफका मणिकुमार लामाले टोलीका लागि सुरुवाती अग्रता निकालेका थिए । खेलको २३ औँ मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६ औँ मिनेटमा वैकल्पिक खेलाडी सुनिलले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अङ्क जोडेको छ । एपीएफले २४ खेलमा ३० अङ्क जोडेको छ ।
यस्तै अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले स्तब्ध भएको छ । सातदोबाटोको जितमा शिव सुवेदी र दीपकराज सिंह ठकुरीले एक एक गोल गर्दा आर्मीका नवयुग श्रेष्ठले एक गोल फर्काउँदै अन्तर घटाएका थिए । खेलको दोस्रो मिनेटमा शिवले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती गोलसँगै दबाबमा परेको आर्मीले २९ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो ।
नवयुगले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । नवयुगले प्रहार गरेको पेनाल्टी सातदोबाटोका गोलकिपर अविशेक बरालले रोकेका थिए । तर, रिबाउन्डमा नवयुगले नै गोल गरेका थिए । त्यसपछि खेलको ६३ औँ मिनेटमा दीपकले पेनाल्टीमार्फत गोल गर्दै सातदोबाटोलाई २–१ को जित निश्चित गरेका हुन् । यससँगै सातदोबाटोको यो नवौं जित निकाल्न सफल रह्यो । जितसँगै सातदोबाटोले २४ खेलमा ३२ अङ्क जोडेको छ । आर्मीले २४ खेलमा ३० अङ्क जोडेको छ ।
लिगमा आइतबार चार खेल हुनेछन् । दिनको पहिलो खेल सङ्कटा क्लब र खुमलटार युथ क्लवबीच एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुँदा दोस्रो खेल दशरथ रंगशालामा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा, तेस्रो खेल च्यासल मैदानमा मच्छिन्द्र र नेपाल पुलिसबीच हुनेछ । यस्तै अन्तिम खेल दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण