हजार्डले रियल छाड्ने, सन्यासबारे सोच्दै

मड्रिड । एडिन हजार्डले यो सिजनको अन्त्यमा रियल मड्रिड छाड्ने भएका छन् । करार सकिन एक वर्षअघि नै त्यसलाई रद्द गर्न हजार्ड सहमत भएका हुन् । रियलले समेत यो कुराको पुष्टि गरेको छ ।
सन् २०१९ मा चेल्सीबाट रियल आएका बेल्जियन खेलाडी स्यान्टियागो बर्नेबाउमा रहँदा निकै निरश समय बिताएका थिए । ‘रियल मड्रिड फुटबल क्लब र एडिन हजार्डबीच सहमति भएको छ जसअनुसार खेलाडीले ३० जुन २०२३ मा क्लब छाड्नेछन्,’ रियलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एडिन हाम्रो क्लबमा चार सिजन रहे । यसक्रममा उनले ८ वटा उपाधि जितेका छन् जसमा १ युरोपियन कप, एक क्लब विश्वकप, एक युरोपियन सुपर कप, दुई ला लिगा उपाधि, एउटा कोपा डेल रे र दुई स्पेनिस सुपर कप छन् ।’ रियलले उनको आगामी करियरका लागि शुभकामना पनि दिएको छ ।
रियलले यसअघि नै हजार्डलाई क्लबबाट हटाउन चाहेको थियो तर हजार्डले भने क्लबमा नै रहने इच्छा व्यक्त गरेका थिए । हजार्ड रियलमा धेरै तलब भएका खेलाडी मध्ये एक थिए । हप्ताको ६ लाख युरो कमाए पनि उनले बेञ्च तताउने बाहेक क्लबलाई खासै योगदान दिन सकेका थिएन । चोटका कारण पनि उनले धेरै खेल गुमाएका थिए । उनको प्रशिक्षक कार्लो एन्चेलोटीसँग पनि सम्बन्ध सुमधुर थिएन । यसअघि जिनेदिन जिदानसँग पनि उनको सम्बन्ध राम्रो नरहेको बताइएको थियो । ‘ट्रान्सफर गुरु’ फाब्रिजियो रोमानोले हजार्ड अब नयाँ क्लबमा जाने कि सन्यास लिने बारे भन्ने सोचिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको ८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
-
जलवायु परिवर्तनको विषयमा नेपालसँग विश्व प्रतिबद्ध छ : परराष्ट्रमन्त्री
-
‘नरसिंहाः अवतार’ को ‘मेरी प्यारी छोरी’ गीतमा राजेश र एल्भिनाको आत्मियता
-
उच्च अदालत पोखराले पठायो रविलाई पेसीको जानकारी
-
कांग्रेस सभापति देउवा र माओवादी नेता शर्माबिच भेटवार्ता
-
एअरफोनको प्रयोग : बहिरोपनाको खतरा !