शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के स्विडेनमा यौन प्रतियोगिताको आयोजना हुन लागेकाे हाे ?*

आइतबार, २१ जेठ २०८०, १२ : ५७
आइतबार, २१ जेठ २०८०

यस हप्ताको सुरुमा स्विडेनमा यौन प्रतियोगिता आयोजना हुँदै छ भन्ने खबरले सामाजिक सञ्जाल बेस्सरी तातेको थियो । रिपोर्टमा नयाँ घोषित ‘खेल’ मा विभिन्न चरण हुने जुन ६ घण्टासम्म जान सक्ने र दर्शकहरूको भोट र प्रतिस्पर्धात्मक यौन आदानप्रदान समावेश हुने बताइएको थियो । तर यो समाचार भाइरल भएपछि फ्याक्टचेकरले यसबारे स्पष्टीकरण दिन अघि सरे । यद्यपि, दाबीमा थोरै भए पनि सत्यता छ – यस वर्ष अप्रिलमा यौन प्रतियोगिताको प्रस्ताव अस्वीकार गरिएको भने थियो ।

द स्विडिस फेडरेसन अफ सेक्सले राष्ट्रिय खेलकुद महासङ्घको सदस्य बन्नका लागि आवेदन दिएको थियो । तर  खेलकुद महासंघले सदस्यता भने प्रदान गरेन । यसका प्रमुख ड्रागन ब्राक्टिकले यस्तो प्रतियोगिता सुरु गर्ने योजना बनाएका थिए । यसअघि प्रकाशित समाचार अनुसार युरोपियन सेक्स च्याम्पियनसिपले जुन ८ देखि ६ हप्ताका लागि यौन प्रतियोगिता आयोजना गर्न लागेको छ ।  

यसका साथै, यौन प्रतियोगिताका विजेताहरू निर्णायकको प्यानलले निर्णय गर्नेछन् र दर्शकले पनि अन्तिम निर्णयलाई प्रभावित पार्न सक्नेछन् भनिएकाे थियाे ।

यसमा सहभागीहरूले आफ्नो खेलको अवधिको आधारमा दैनिक ४५ मिनेटदेखि १ घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुने पनि बताइएकाे थियाे ।

यसबारे जारी गरिएको प्रतिवेदन अनुसार दर्शकले यौन प्रतियोगिताको निर्णयलाई प्रभाव पार्नेछन् र यौन गतिविधिका थुप्रै पक्षलाई केलाउनेछन् भन्ने जानकारी दिइएकाे थियाे । दम्पतीबीचको केमेस्ट्री, सेक्सबारे ज्ञान, सहनशीलताको स्तर आदि कुरालाई ध्यानमा राखी विजेताबारे अन्तिम निर्णय गरिने पनि बताइएकाे थियाे ।

यसका साथै, रिपाेर्टमा सेक्स र कामुकता सम्बन्धी संस्कृत शास्त्र कामसूत्रको ज्ञानले पनि निर्णयमा प्रभाव पार्ने भनिएकाे थियाे । 

यस्तै आयोजकले यस्ता व्यक्तिहरूले प्रतियोगितामा महत्त्वपूर्ण भूमिका खेल्ने र खेलको नतिजालाई असर गर्ने बताएका थिए । 

* यसअघि अन्यथा हुन गएकाेमा सच्चाइएकाे छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप