५३ अंकले बढेर बन्द भयो नेप्से, परिसूचक १९ सय अंकमाथि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.०३ अंक बढेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ५३ अंकले बढेर १९१९ अंकमा पुगेर रोकिएको हो ।
आज बिहान अर्थ मन्त्रालयमा लगानीकर्तासँग पुँजीगत लाभकरका विषयमा सहमति भएपछि नेप्सेमा उत्साहजनक वृद्धि भएको छ । यसअघि अर्थ मन्त्रालयले बजेटमार्फत घरजग्गा र सेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको थियो । तर, घरजग्गा लगायतलाई अग्रिम करको दायरामा ल्याए पनि पुँजीगतलाई भने सुरुको करकोरुपमा राख्न नहुने लगानीकर्ताको माग थियो ।
यही विषयमा आज बिहान अर्थ मन्त्रालयमा सहमति भएसँगै नेप्सेले लय समातेको हो । यससँगै, हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । यो सहमतिपछि नेप्से २.८४ प्रतिशतले बढेको हो ।
यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको मात्रै घटेको छ । यस्तै, आज १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँको कारोबार भएर ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा ६ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण