बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आइतबार, २१ जेठ २०८०, २१ : ४४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि, चाबहिल र यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टसँगको सहकार्यमा मिति शनिबार  बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा नुवाकोटस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

बेलकोटगढी नगरपालिका वडा न.ं २ का वडाध्यक्ष श्री रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्जुन नरसिंङ्ग के.सी र विशिष्ट अतिथिहरुमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष डा. आनन्त प्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगत बहादुर लामा, यशोदादेवी भगवानसिंह के.सी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंङ्ग के.सी र विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो । 

स्वास्थ्य शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का स्वास्थ्यकर्मीहरुद्धारा सामान्य स्वास्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । 

कार्यक्रममा बोल्दै गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट थुप्रै स्थानीय बासीहरु लाभान्वित भएको र आगामी दिनहरुमा समेत यस्ता मानवीय कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यालय र ५० वटा atm मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप