अन्तिम खेलमा बेन्जेमाको गोल
सोमबार, २२ जेठ २०८०, ०६ : २५
मड्रिड । करिम बेन्जेमाले रियल मड्रिडसँगको आफ्नो करियर गोलसँगै अन्त्य गरेका छन् । ला लिगामा एथ्लेटिक बिल्बाओविरुद्धको सिजनको अन्तिम खेलमा बेन्जेमाको गोलको मद्दतले रियलले बराबरी खेलेको हो ।
रियलको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका बेन्जेमाले खेलको ७२ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यतिबेला रियल एक गोलले पछि परेको स्थितिमा रहेको थियो । यसअघि खेलको ४९ औँ मिनेटमा ओइहान सानचेटले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
आइतबार रियलले बेन्जेमाले १४ वर्षपछि क्लब छाड्न लागेको जानकारी दिएको थियो । बेन्जेमा रियल छाडेर साउदी जाने तयारी गरेको बुझिएको छ । खेलको ७४ औँ मिनेटमा मैदान छाड्दा रियलका समर्थकहरूले बेन्जेमालाई न्यानो बिदाइ गरेका थिए ।
रियलले यो सिजन बार्सिलोनाभन्दा पछि पर्दै लिगको दोस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण