अन्तिम खेलमा बेन्जेमाको गोल
सोमबार, २२ जेठ २०८०, ०६ : २५

मड्रिड । करिम बेन्जेमाले रियल मड्रिडसँगको आफ्नो करियर गोलसँगै अन्त्य गरेका छन् । ला लिगामा एथ्लेटिक बिल्बाओविरुद्धको सिजनको अन्तिम खेलमा बेन्जेमाको गोलको मद्दतले रियलले बराबरी खेलेको हो ।
रियलको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका बेन्जेमाले खेलको ७२ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यतिबेला रियल एक गोलले पछि परेको स्थितिमा रहेको थियो । यसअघि खेलको ४९ औँ मिनेटमा ओइहान सानचेटले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।
आइतबार रियलले बेन्जेमाले १४ वर्षपछि क्लब छाड्न लागेको जानकारी दिएको थियो । बेन्जेमा रियल छाडेर साउदी जाने तयारी गरेको बुझिएको छ । खेलको ७४ औँ मिनेटमा मैदान छाड्दा रियलका समर्थकहरूले बेन्जेमालाई न्यानो बिदाइ गरेका थिए ।
रियलले यो सिजन बार्सिलोनाभन्दा पछि पर्दै लिगको दोस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’