शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लिम्बु संस्कृतिमा बनेको चलचित्र 'लुङा'

सोमबार, २२ जेठ २०८०, ०९ : ३०
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। राई लिम्बु कल्चरलाई विशेष महत्त्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताए। सार्वजनिक फर्स्ट लुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ।  बुद्धि तामाङ,भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको छ। यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) मा प्रिमियर गरिनेछ।

किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सञ्जीव राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनीषा पाठक/मेनुका घिमिरे /कैलाश राई /टी आर साम्सोहाङसह निर्माता रहेका छन्। पूर्वमा छायाङ्कन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भीम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम, सुदीप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाई काठमाडौँमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफड कम्पनीले वितरणको जिम्मा लिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप