लिम्बु संस्कृतिमा बनेको चलचित्र 'लुङा'
काठमाडौँ । निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको चलचित्र 'लुङा'को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। लिम्बु कल्चरमा बनेको चलचित्र श्रावण ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ। राई लिम्बु कल्चरलाई विशेष महत्त्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताए। सार्वजनिक फर्स्ट लुकमा चलचित्रका मुख्य पात्र लाई स्थान दिइएको छ। बुद्धि तामाङ,भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाइएको छ। यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) मा प्रिमियर गरिनेछ।
किरण राईको निर्देशनमा बनेको चलचित्रमा निर्माता सञ्जीव राई,प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल /मनीषा पाठक/मेनुका घिमिरे /कैलाश राई /टी आर साम्सोहाङसह निर्माता रहेका छन्। पूर्वमा छायाङ्कन गरिएको चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भीम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम, सुदीप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकी,निशान लुइँटेल,स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ।
भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा संवाद लेखेका हुन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। चलचित्रलाई काठमाडौँमा जीजीए ग्रुप र काठमाडौँ बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण