दोस्रो दिन नेप्से १७ अंकले घट्यो, १ अर्ब ९७ करोडको कारोबार
सोमबार, २२ जेठ २०८०, १७ : ०९
काठमाडौँ । साताको पहिलो कारोबार दिन ५३ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो नै पुनः १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ ।
उसो त आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण