बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पर्यटन, उद्योग र सूचना प्रविधिमा लगानी गर्न इटालीका व्यवसायी इच्छुक

सोमबार, २२ जेठ २०८०, १७ : ००
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । इटालीका व्यवसायीले नेपालमा पर्यटन, उद्योग र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन् । आज नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिले आयोजना गरेको कार्यक्रममा बोल्दै लगानीको प्रतिबद्धता समेत गरेका हुन् ।

आज अर्थात ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा समेत गरिएको छ । यस क्रममा कमर्सले पहिलो संस्करणको न्यूजलेटर समेत सार्वजनिक गरेको छ । नेपाल र इटालीको वैदेशिक व्यापार र लगानीका क्षेत्र पहिचान गर्दै न्युज लेटर सार्वजनिक गरिएको हो । 

कार्यक्रममा इटालीका व्यवसायीले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउने प्रतिबद्धता समेत गरेका छन् । कार्यक्रममा बोल्दै इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्त्वलाई अझ प्रगाढ बनाए ।

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार कमर्सले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ र नयाँ सम्भावनाको खोजी गर्ने बताए । यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढवा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढवा दिने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप