नेपालमा पर्यटन, उद्योग र सूचना प्रविधिमा लगानी गर्न इटालीका व्यवसायी इच्छुक
काठमाडौँ । इटालीका व्यवसायीले नेपालमा पर्यटन, उद्योग र सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न तयार रहेको बताएका छन् । आज नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिले आयोजना गरेको कार्यक्रममा बोल्दै लगानीको प्रतिबद्धता समेत गरेका हुन् ।
आज अर्थात ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा समेत गरिएको छ । यस क्रममा कमर्सले पहिलो संस्करणको न्यूजलेटर समेत सार्वजनिक गरेको छ । नेपाल र इटालीको वैदेशिक व्यापार र लगानीका क्षेत्र पहिचान गर्दै न्युज लेटर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा इटालीका व्यवसायीले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउने प्रतिबद्धता समेत गरेका छन् । कार्यक्रममा बोल्दै इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिँदै यस अवसरको महत्त्वलाई अझ प्रगाढ बनाए ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार कमर्सले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्धलाई थप प्रगाढ र नयाँ सम्भावनाको खोजी गर्ने बताए । यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढवा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढवा दिने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण