प्रधानमन्त्री संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई
सोमबार, २२ जेठ २०८०, १९ : ०४
काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए ।
सांसद भट्टराईले प्रधानमन्त्रीको नागरिकता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए । अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै उनले विरोध जनाए । प्रधानमन्त्रीले संसद्लाई ढाँट्न नमिल्ने पनि उनले बताए ।
सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण