मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री संसदमा निरीह बन्नुभयो : योगेश भट्टराई

सोमबार, २२ जेठ २०८०, १९ : ०४
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको बताएका छन् । सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको र यसबारेमा आफूसँग कुनै तर्क नरहेकाले प्रधानमन्त्री निरीह बनेको बताए ।  

सांसद भट्टराईले प्रधानमन्त्रीको नागरिकता विधेयकबारे दिएको धारणा नै फितलो र कमजोर रहेको बताए । अदालतले नै रोकिसकेपछि प्रधानमन्त्रीसँग तर्क नहुँदा संसदमा कुतर्क प्रस्तुत गरिरहेको भन्दै उनले विरोध जनाए । प्रधानमन्त्रीले संसद्लाई ढाँट्न नमिल्ने पनि उनले बताए । 

सांसद भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई विवादित गराएको आरोप लगाए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप