कस्तो छ ‘लुङा’ को फष्टलुक ?
काठमाडौँ । फिल्म ‘लुङा’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फष्टलुकमा फिल्मका मुख्य पात्रलाई स्थान दिइएको छ ।
बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टर देखिएका छन् । लिम्बु कल्चरमा बनेको फिल्म ५ श्रावणबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक किरण राई हुन् । फिल्मका निर्माता ज्योतिराज राई हुन् ।
भुमिसा प्रोडक्सनले निर्माण गरेको यो फिल्म यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण फिल्म महोत्सवमा पनि प्रिमियर हुनेछ ।
फिल्मका निर्माता सन्जिब राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङसह निर्माता रहेका छन् ।
पूर्वका खबिभिन्न स्थानमा छायांकन भएको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय छ ।
भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथामा ढालेका छन् । फिल्मलाई काठमाडौँमा जिजिए ग्रूप र काठमाडौँ बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण