नेपालबाट १२ वटा देशमा १४ करोडको चिउरा निर्यात
काठमाडौँ । नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो ।
विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको छ । सबैभन्दा धेरै अमेरिकामा ७ करोड रुपैयाँको चिउरा निर्यात हुँदा अस्ट्रेलियामा ३ करोड ४५ लाख ३० हजार रुपैयाँको चिउरा निर्यात भएको छ ।
यस्तै, बेल्जियममा ३६ लाखको चिउरा निर्यात हुँदा इटालीमा १ करोड ३ लाख रुपैयाँको निर्यात भएको छ । यसका साथै, जापानमा ७१ लाखको र कोरियामा १२ लाखको चिउरा निर्यात भएको विभागले जनाएको छ । यस्तै, बेलायतमा ३१ लाख रुपैयाँको चिउरा निर्यात भएको छ । यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण