आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रुसले बमबारी गरेर बाँध भत्काएको युक्रेनको आरोप, १६ हजारको ज्यान खतरामा

मङ्गलबार, २३ जेठ २०८०, १४ : २६
मङ्गलबार, २३ जेठ २०८०

युक्रेनले रुसले देशको दक्षिणी खेरसन प्रान्तमा स्थित निप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ ।

यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा छ । बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा रहेको बताइएको छ ।

अधिकारीहरूले मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन् ।

यस घटनालाई औँल्याउँदै, खेरसनका क्षेत्रीय प्रमुख, अलेक्जेन्डर प्रोकुडिनले रसियाले अर्को आतङ्ककारी कार्य गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा उनले निप्रो नदीको पानीको स्तर पाँच घण्टाभित्रै ‘गम्भीर’ हुने चेतावनी दिएका छन् ।

उपलब्ध तस्बिरहरूमा तेज बहावसँगै पानी युद्ध क्षेत्रतर्फ बढिरहेको देख्न सकिन्छ । 

रुसले यो विनाशको लागि युक्रेन नै जिम्मेवार रहेको बताएको छ । यता रुसी अधिकारीले बम बारीले बाँध नभई प्लान्टको माथिल्लो हिस्सा मात्रै क्षतिग्रस्त भएको स्पष्टीकरण दिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप