रुसले बमबारी गरेर बाँध भत्काएको युक्रेनको आरोप, १६ हजारको ज्यान खतरामा
युक्रेनले रुसले देशको दक्षिणी खेरसन प्रान्तमा स्थित निप्रो नदीमा रहेको प्रमुख जलविद्युत आयोजनाको बाँधमा बम प्रहार गरेको आरोप लगाएको छ ।
यो बाँध रुसको कब्जामा रहेको नोभा काखोभका सहरमा छ । बाँधमा भएको क्षतिका कारण कम्तीमा १६ हजारको ज्यान जोखिममा रहेको बताइएको छ ।
अधिकारीहरूले मानिसहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको बताएका छन् ।
यस घटनालाई औँल्याउँदै, खेरसनका क्षेत्रीय प्रमुख, अलेक्जेन्डर प्रोकुडिनले रसियाले अर्को आतङ्ककारी कार्य गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा उनले निप्रो नदीको पानीको स्तर पाँच घण्टाभित्रै ‘गम्भीर’ हुने चेतावनी दिएका छन् ।
उपलब्ध तस्बिरहरूमा तेज बहावसँगै पानी युद्ध क्षेत्रतर्फ बढिरहेको देख्न सकिन्छ ।
रुसले यो विनाशको लागि युक्रेन नै जिम्मेवार रहेको बताएको छ । यता रुसी अधिकारीले बम बारीले बाँध नभई प्लान्टको माथिल्लो हिस्सा मात्रै क्षतिग्रस्त भएको स्पष्टीकरण दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण