बेन्जेमा अल–इतिहादसँग तीन वर्षको करारमा अनुबन्ध
रियाद । रियल मड्रिड छाडेसँगै करिम बेन्जेमाले साउदी प्रो लिग च्याम्पियन अल–इतिहादसँग तीन वर्षको करार सम्झौता गरेका छन् । १४ वर्ष स्पेनको राजधानीमा रहेका फ्रेन्च फरवार्डको एक वर्ष करार थप गर्ने व्यवस्थालाई प्रयोग नगर्ने निर्णय रियलले गरेसँगै उनले क्लब छाड्ने निर्णय गरेका थिए ।
त्यसपछि फ्रि–एजेन्ट रहेका उनले अल–इतिहादसँगको करार सम्झौतालाई अन्तिम रूप दिएको बताइएको छ । एएफपीको रिपोर्ट अनुसार बेन्जेमाले साउदी क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् जसअनुसार उनी सन् २०२६ सम्म क्लबमा रहनेछन् ।
आफ्नो महत्त्वाकाङ्क्षी योजना अन्तरगत क्लबले सन् २०२२ को बालोन डि’ओर विजेतालाई तुरुन्तै अनुबन्ध गरेको थियो । उता अल हिलालले लियोनेल मेस्सीलाई कीर्तिमानी रकममा भित्र्याउने तयारी गरेको छ । नयाँ सिजनमा अन्य सात सुपरस्टारहरूलाई लिगमा भित्र्याउने तयारी विभिन्न क्लबहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण