बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

फेलोसिपमा विदेश अध्ययन गर्न जाने चिकित्सकलाई आयोगबाट ‘आवश्यकताको पत्र’ दिइने

मङ्गलबार, २३ जेठ २०८०, १६ : ४३
मङ्गलबार, २३ जेठ २०८०

 काठमाडौँ । संयुक्त राज्य अमेरिका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने  चिकित्सकलाई  दिइने  ‘आवश्यकताको पत्र’ स्टेटमेन्ट अर्फ निड पत्र अव चिकित्सकका शिक्षा आयोगबाट  दिइने भएको छ ।

मङ्गलवार स्वास्थ्य मन्त्रालयले जारी  गरेको सूचनामा पत्र प्रदान गर्ने प्रक्रियालाई थप व्यवस्थित र एकद्वार गराउन आयोगबाट दिन लागिएको उल्लेख गरिएको छ ।

चिकित्सा शिक्षा आयोगलाई पत्र आवश्यकताका आधारमा उपलब्ध गराउन पत्राचार गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले जानकारी दिए । 

  ‘मन्त्रीस्तरीय बैठकबाट जेठ २१ गते निर्णय गरी अब उपरान्त आवश्यकताको पत्र आयोगबाट जारी हुने व्यवस्था गर्न, गराउन आयोगलाई पत्राचार गरिएको छ ,’  सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप