फेलोसिपमा विदेश अध्ययन गर्न जाने चिकित्सकलाई आयोगबाट ‘आवश्यकताको पत्र’ दिइने
मङ्गलबार, २३ जेठ २०८०, १६ : ४३
काठमाडौँ । संयुक्त राज्य अमेरिका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने चिकित्सकलाई दिइने ‘आवश्यकताको पत्र’ स्टेटमेन्ट अर्फ निड पत्र अव चिकित्सकका शिक्षा आयोगबाट दिइने भएको छ ।
मङ्गलवार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा पत्र प्रदान गर्ने प्रक्रियालाई थप व्यवस्थित र एकद्वार गराउन आयोगबाट दिन लागिएको उल्लेख गरिएको छ ।
चिकित्सा शिक्षा आयोगलाई पत्र आवश्यकताका आधारमा उपलब्ध गराउन पत्राचार गरिएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर कुमार अधिकारीले जानकारी दिए ।
‘मन्त्रीस्तरीय बैठकबाट जेठ २१ गते निर्णय गरी अब उपरान्त आवश्यकताको पत्र आयोगबाट जारी हुने व्यवस्था गर्न, गराउन आयोगलाई पत्राचार गरिएको छ ,’ सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण