काठमाडौँसहित देशका विभिन्न भागमा भएका दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौँ । पछिल्ला २४ घण्टामा देशमा विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-६ धर्मस्थली सानोबाईपासस्थित सडकमा बा.२ ख ८४१३ नम्बरको बसको ठक्करबाट पैदलयात्री खोटाङ बराहपोखरी गाउँपालिका-४ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-७ फुटुङ्ग बस्ने १७ वर्षीय लप्सन राईको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता चितवनको भरतपुर महानगरपालिका-२५ स्थित सडकमा शंकर चोकबाट बिशाल चोकतर्फ जाँदै गरेको बा-०३-००१ च १३८४ नम्बरको बोलेरो गाडीबाट लडेर सोही महानगरपालिका-२४ बस्ने ३६ वर्षीय रन बहादुर भुजेलको मंगलबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै काभ्रेको बनेपा नगरपालिका-१३ नासिका मन्दिर अगाडि साँगाबाट बनेपातर्फ जाँदै गरेको बा.४ ख ४२९४ नम्बरको निसान गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने तिमाल गाउँपालिका-९ घर भएका ७० वर्षीय छेवाङ तामाङको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धनुषाको मिथिला नगरपालिका-६ किरान मिलस्थित सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२-०२-००३ प २८७१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक चितवन रत्ननगर नगरपालिका-१२ बस्ने २८ वर्षीय प्रशान्त वाग्लेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण