पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया
बुधबार, २४ जेठ २०८०, १६ : ५१
रोम । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उनको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।
सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उनको उपचार हुनेछ ।
भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका निम्ति पनि उनले अस्पतालमा रहनुपर्नेछ ।
उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको जिम्मेवारीमा उनमा निहित रहन्छ । दुई वर्षअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए । पोप फ्रान्सिस ८६ वर्षका हुन् ।-(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति