पोप फ्रान्सिसको आन्द्राको शल्यक्रिया
बुधबार, २४ जेठ २०८०, १६ : ५१
रोम । पोप फ्रान्सिस आन्द्राको शल्यक्रिया गरिने भएको छ । उनको ठूलो आन्द्रा साँघुरो भएकाले शल्यक्रिया गर्नुपरेको हो ।
सामान्य एनेस्थेसिया दिएर शल्यक्रिया गरिने चिकित्सकहरूले बताएका छन् । रोमको जेमेली अस्पतालमा उनको उपचार हुनेछ ।
भ्याटिकनका अनुसार शल्यक्रियापछि पनि उनलाई चिकित्सकको निगरानीमा राखेर उपचार गर्नुपर्नेछ । शल्यक्रियापछिका संभावित जटिलता तथा आधारभूत चिकित्साका निम्ति पनि उनले अस्पतालमा रहनुपर्नेछ ।
उपचारका क्रमममा पोप होसमा रहे पनि बेहोस भए पनि एक करोड ३० लाख क्याथोलिकहरू र उनीहरुका गिर्जाघरको जिम्मेवारीमा उनमा निहित रहन्छ । दुई वर्षअघि पनि उनले सोही अस्पतालमा उपचार गराएका थिए । पोप फ्रान्सिस ८६ वर्षका हुन् ।-(रासस/एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण