एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
बुधबार, २४ जेठ २०८०, १८ : २७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआई कक्षा ११ को भर्नासम्बन्धी प्रक्रिया अगाडि नबढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ ।
केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले त्यस्तो नगर्न भनेको हो ।
एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई परिपत्र गरेको हो ।
महानरगभित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको पाइएको थियो ।
कक्षा १० को नतिजा नआई कक्षा ११ मा भर्नाका लागि प्रक्रिया अगाडि बढाएको खण्डमा कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण