एन्टिबायोटिकको गलत प्रयोग : विज्ञ भन्छन्–५० प्रतिशत अनावश्यक
विराटनगर । गलत प्रयोगका कारण उपलब्ध एन्टिबायोटिकको प्रभावकारिता घट्दै गएको विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको आयोजना र युएसएआइडीको सहयोगमा विराटनगरमा सञ्चारकर्मीहरूसँग गरेको एन्टिमाइक्रोबियल रेसिस्टेन्स ‘एएमआर’सम्बन्धी कार्यशाला गोष्ठीमा विज्ञहरूले यस्तो बताएका हुन् ।
ब्याक्टेरिया र संक्रमणको उपचारका लागि बनाइएका औषधिलाई पराजित गर्दे जीवाणुहरूले बलियो प्रतिरोधी क्षमता विकास गर्ने क्रम बढेसँगै एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् एन्टिबायोटिक प्रभावहीन बन्दै गएको उनीहरुको भनाइ छ ।
हालसम्म विश्वभर एक सय ३७ वटा एन्टिबायोटिक औषधि संक्रमणको उपचारमा प्रयोग भइरहेका छन् । झन्डै ६० देखि ७० प्रतिशत औषधिमा एएमआर अर्थात् एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्स देखिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
बढ्दो एन्टिबायोटिक माइक्रोबियल रेसिस्टेन्सका कारण उपलब्ध एन्टिबायोटिकले उपचारमा मल्टिड्रग थेरापी प्रयोग हुन थालेको छ ।सामान्य रुघाखोकी लाग्दा एन्टिबायोटिक आवश्यक हुँदैन तर स्वास्थ्य परीक्षणबिना अधिकतम् औषधि प्रयोग गरिन्छ ।
संक्रमणविद् डा. सन्तोष दुलालका अनुसार अनावश्यक औषधि प्रयोग हुँदा रेसिस्टेन्सको जोखिम बढेको छ ।
‘विभिन्न अध्ययन हेर्दा नेपालमा झन्डै ५० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक अर्थात् स्वास्थ्य समस्या नभएकामा प्रयोग भइरहेको छ ,’ उनले भने, ‘साथै, औषधिको पूरा डोजसमेत नलिँदा यसले ब्याक्टेरियालाई थप बलियो बनाउन मजबुत गर्छ र एन्टिबायोटिक प्रभावहीन बन्न पुग्छ ।’
नेपालमा एन्टिबायोटिकमा रेसिस्टेन्स अत्यधिक देखिएकाले एउटै रोगको उपचारका लागि चारवटासम्म एन्टिबायोटिक प्रयोग हुन थालेको छ । मापदण्डअनुसार क्षयरोगमा मात्रै चारवटा एन्टिबायोटिक प्रयोग गर्न मिल्ने भए पनि चिकित्सकहरूले रोगको प्रकृति हेरेर अन्य संक्रमणमा समेत एउटै समयमा दुईवटासम्म एन्टिबायोटिक प्रयोग गरिरहेका छन् ।
‘प्रेस्क्रिप्सनबिना जथाभावी औषधि सेवन गर्दा वा औषधिको पूर्ण डोज प्रयोगमा नल्याउँदा एन्टिबायोटिकले ब्याक्टेरिया मार्नुको सट्टा ब्याक्टेरियाको प्रतिरोधी क्षमता बढाउँछ । जसले गर्दा प्रयोग हुँदै आएका एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ,’ उनले भने ।
क्लिनिकल ट्रायलका लागि वर्षौं समय लाग्ने एन्टिबायोटिक औषधि ३५ वर्षयता नयाँ उत्पादन हुन नसकेको चिकित्सकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण