अन्ततः अमेरिकी क्लब मियामी जाने भए मेसी
काठमाडौं । स्टार अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुने भएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले अमेरिकी क्लब मियामी जाने निर्णय लिएका हुन् ।
मेसीले मियामीसँग मौखिक सहमति गरेको समाचारमा जनाइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले सन् २०२१ मा पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए । पीएसजीसँग मेसीको सम्झौता यसै सिजन सकिएको हो ।
मेसीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेल खेल्दै ३२ गोल गरेका थिए । मेसीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि पनि चुमेको थियो । पीएसजी छाडेपछि मेसी साउदी अरेबियाको ब्यवसायीक लिग वा पुनः बार्सिलोनामा आबद्ध हुने चर्चा पनि चलेको थियो ।
‘मैले युरोपेली लिग छाडेर मियामीमा आबद्ध हुने निर्णय लिएको छु,’ मेसीले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण