दाङका गढवा र राजपुरमा सडक, खानेपानीको व्यवस्था गर्न नारायणी शर्माको ध्यानाकर्षण
बिहीबार, २५ जेठ २०८०, १२ : २९
काठमाडौँ । भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् ।
बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वच्छ खानेपानीको अभावमा त्यहाँका जनताहरू हरेक वर्ष झाडापखालाको सिकार हुने गरेको सदनमा जानकारी गराइन । बर्सातको बेला खोलाको धमिलो पानी पिउन बाध्य हुनुपर्ने अवस्था रहेको उनले बताइन् ।
सांसद शर्माले भनिन्–‘बर्सातको बेला खोलामा आएको धमिलो पानी गाग्रीमा हालेर थिग्राएर खानुपर्ने अवस्था रहेको छ । सरकारले यो समस्या समाधानका लागि ध्यान पुर्यायोस । सो क्षेत्रमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर सरकारले काम गरोस् भनेर सभामुख मार्फत ध्यानाकर्षण गराउँछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण