सहकारीको समस्या तत्काल सम्बोधन नगर्ने हो भने हजारौँको बिल्लिबाठ हुन्छ : सांसद लामिछाने
बिहीबार, २५ जेठ २०८०, १३ : ०७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभाका सांसद रवि लामिछानेले सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने बताए । बिहीबार आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने बताए । अन्यथा केही दिनभित्रै लाखौं जनता सडकमा आउने स्थिति बन्ने उनले बताए ।
सोही अवसरमा सांसद लामिछानेले सरकारको कर नीति व्यवहारिक र आम नागरिकमैत्री नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताए । ९० वटा कर शीर्षकमा ६८ वटालाई समान २४ प्रतिशतले वृद्धि गरिनु र राजस्व सहजै उठ्छ भन्ठान्नु सरकारको गल्ती भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण