बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सहकारीको समस्या तत्काल सम्बोधन नगर्ने हो भने हजारौँको बिल्लिबाठ हुन्छ : सांसद लामिछाने

बिहीबार, २५ जेठ २०८०, १३ : ०७
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभाका सांसद रवि लामिछानेले सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने बताए । बिहीबार आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने बताए । अन्यथा केही दिनभित्रै लाखौं जनता सडकमा आउने स्थिति बन्ने उनले बताए ।

सोही अवसरमा सांसद लामिछानेले सरकारको कर नीति व्यवहारिक र आम नागरिकमैत्री नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताए । ९० वटा कर शीर्षकमा ६८ वटालाई समान २४ प्रतिशतले वृद्धि गरिनु र राजस्व सहजै उठ्छ भन्ठान्नु सरकारको गल्ती भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप