बालेन भारतमा, कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ । नेपालको इतिहास कसैले मेटेर मेट्न नसकिने भन्दै बालेनले उक्त नक्सा राख्न लगाएका हुन् ।
राष्ट्रियसभा गृहस्थित मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बालेनका स्वकीय सचिव भूपदेश साहले जानकारी दिए ।
बालेन साह यतिबेला भारतको बैंगलोरमा छन् । उनको निर्देशनमा सचिवालयले ग्रेटर नेपालको नक्सा राखेको स्वकीय सचिव साहले बताए ।
‘नेपालको गर्विलो इतिहास छ । त्यो इतिहास झल्काउने नक्सा राखिएको हो । मेयर सापकै निर्देशनमा राखेका हौं ।’ स्वकीय सचिव साहले भने ।
भारतले आफ्नो संसदमा ग्रेटर इण्डियाको नक्सा राखेको छ । त्यसमा नेपालका लुम्बिनी र कपिलवस्तु समेत समेटिएका छन् । भारतको उक्त कदमको नेपालमा चर्को विरोध भइरहेको छ ।
आम सर्वसाधारणको तर्फबाट भारतको उक्त कदमको विरोध भइरहेको बेला मेयर बालेनको कार्यकक्षमा भने ग्रेटर नेपालको नक्सा राखिएको हो । उक्त नक्सामा सुगौली सन्धि हुनु अघिको नेपाली भूभाग समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण