पहिचानवादीले गरेको दुर्व्यवहारप्रति एमालेको निन्दा
विराटनगर । एमाले कोशी प्रदेश संसदीय दलले आफ्नो दलका उपनेता राम राना मगर तथा कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारमाथि भएको आक्रमण र दुर्व्यवहारको निन्दा गरेको छ ।
कोशी प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलको तर्फबाट प्रतिक्रिया दिँदै उपनेता तथा पूर्वमन्त्री रानामाथि इलाममा र उपसभामुख दनुवारमाथि उदयपुरमा आक्रमण भएको बताए ।
‘सरकारले वार्तासमिति बनाइसकेको अवस्थामा शान्तिपूर्ण संवादमा आउनुको साटो उदयपुरमा उपसभामुख सिर्जना दनुवार र इलाममा पूर्वमन्त्री राम रानाप्रति पहिचानवादीले गरेको दुव्र्यवारप्रति घोर निन्दा गर्दछौं,’ उनले भने, ‘यति गम्भीर घटना हुँदा पनि संघीय सरकार चुपलागेर बस्नु आश्चर्यजनक छ ।’
भण्डारीले आन्दोलनकारीलाई वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दै अटेरी गरेर यस्तै गतिविधि गरिरहे चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।
‘हामी आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रूपले वार्तामा आएर समस्या समाधान गर्न आग्रह गर्दछौं । अन्यथा यस्तो गतिविधि दोहोरिरहेमा चुप लागेर बसिररहन नसक्ने चेतावनी दिन चाहन्छौं,’ उनले भने ।
पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राना मगरलाई इलाममा आज मोबिल छर्केका थिए । इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई आक्रमण गरेका थिए ।
यस्तै, उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुर्व्यवहार गरेका छन् । पहिचानवादीले उनी चढेको गाडीको झण्डा निकालिदिएका छन् भने आक्रमणको प्रयास गरेका छन् ।
सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा बुधबार मात्रै वार्ता समिति गठन गरेको थियो ।
उक्त वार्ता समितिले काम थाल्न नपाउँदै पहिचान पक्षधर कार्यकर्ताले उपसभामुख र एमालेका उपनेता रानामाथि दुर्व्यवहार गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण