उपसभामुख दनुवार र एमालेका उपनेता रानामाथि दुर्व्यवहार
विराटनगर । पहिचान पक्षधर कार्यकर्ताले एमाले संसदीय दलका उपनेता राम राना मगरलाई इलाममा कालोमोसो दलेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिमले रानामगरलाई कालोमोसो दलेको पुष्टि गरेका छन् ।
‘आज २०८० जेठ २५ गते इलाम नगरपालिका ११ सोयाकमा कोशी प्रदेश नामका प्रस्तावक राम रानालाई सोयाकबासी जनताले बिहान सभा ११ बजे अचानक भेटेपछि गाडीभित्रै एक बाल्टी पुरै कालो मोसो मबिलले स्वागत गरि पठाइएको र उहाँ सवार सेतो गाडी पनि कालो मबिलले रंगाएर सजाइ पठाइएको खबर छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यस्तै उदयपुरको गाईघाटमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारलाई पनि पहिचानवादी कार्यकर्ताले आजै दुव्र्यवहार गरेका छन् । पहिचानवादीले उनी चढेको गाडीको झण्डा निकालिदिएका छन् भने आक्रमणको प्रयास गरेका छन् । सरकारले पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न भन्दै मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधवार मात्रै वार्ता समिति गठन गरेको थियो । उक्त वार्ता समितिले काम थाल्न नपाउँदै पहिचानपक्षधर कार्यकर्ताले उपसभामुख र एमालेका उपनेता रानामाथि दुव्र्यवहार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण