आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मानव अधिकार आयोग र कतारको मानव अधिकार समितिबीच सम्झौता

बिहीबार, २५ जेठ २०८०, १९ : ५८
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ ।  बिहीबार काठमाडौँमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

अब नेपालबाट रोजगारीको लागि कतार पुगेका नेपालीहरुको मानवअधिकार हनन भएको बारेमा त्यहाँस्थित कतारको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ । 

सम्झौतापछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राष्ट्रिय मानव अधिकार आयोग, नेपाल कामु सचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगको बीच तीन वर्षको लागि एमओयु भएको बताए । उनले कतारमा काम गर्ने नेपाली कामदारहरुको हक र अधिकार संरक्षणका लागि यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

उनले कतारमा भएका नेपालीहरुको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताए । 

उनले समितिले कतारमा रहेका नेपालीहरुको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरुले काम गर्ने कम्पनीहरुको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप