गर्मीमा कोठालाई चिसो राख्न सहयोग गर्ने पाँच इनडोर प्लान्ट
चर्को घाम र गर्मीले सबैलाई समस्यामा पारेको छ । दिउँसोको चर्को घामका कारण धेरैको घरका भित्ता र छत तात्न थालेका छन् । कोठाभित्र बसेर पनि मानिसले गर्मीबाट राहत पाउन सकेका छैनन् । यस्तो अवस्थामा मानिसहरू एसी वा कुलर चलाएर घर चिसो पारिरहेका छन् तर बिजुलीको महसुल बढ्ने चिन्ता पनि छँदै छ । तर यहाँ यस्ता केही प्राकृतिक तरिकाहरू छन्, जसको मद्दतले तपाईं आफ्नो कोठाको तापक्रम घटाएर ताजा महसुस गर्न सक्नुहुन्छ । हामी तपाईंलाई यस्ता केही रूख वा बिरुवाबारे जानकारी दिँदै छौँ जसले आफ्नो वरिपरिको तापक्रमलाई सजिलै घटाउने काम गर्छ । यी बिरुवाहरू तपाईं आफ्नो कोठामा राख्न सक्नुहुन्छ र गर्मीबाट राहत पाउन सक्नुहुन्छ ।
तापक्रम कम राख्ने बिरुवाहरू
एलोभेरा
नर्सरी लाइभका अनुसार एलोभेराले छालामा हुने कुनै पनि प्रकारको जलनलाई शान्त मात्र बनाउँदैन, यसले तापमानलाई कम राख्न पनि मद्दत गर्छ । वास्तवमा, एलोभेराले हावाबाट विषाक्त पदार्थहरू हटाउन र अक्सिजन स्तर बढाउन द्रुत रूपमा काम गर्छ । त्यसैले यसले प्राकृतिक रूपमा कोठालाई चिसो बनाउन सक्छ ।
बेबी रबर प्लान्ट
बेबी रबर प्लान्टले वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडलाई सजिलै सोस्ने गर्छ र अक्सिजनको मात्रा बढाउँछ । यसका कारण गर्मीको स्तर स्वतः घट्न थाल्छ । यति मात्र होइन, यसले इन्फ्लामेसन (सुजन) कम गर्न पनि मद्दत गर्छ ।
गोल्डन पोथोज
गोल्डेन पोथोज पनि हावालाई चिसो पार्ने निकै प्रभावकारी बोट हो । यो वास्तवमा मनी प्लान्टको एक प्रकार हो, जसले हावाबाट धुलो र कार्बनलाई छिटो फिल्टर गर्ने काम गर्छ ।
फाइकस
फाइकस ट्रीलाई तपाईं सजिलै गमलामा लगाउन सक्नुहुन्छ र कोठामा राख्न सक्नुहुन्छ । यो प्लान्टले कोठाको मोइस्चरलाई बढाउँछ र हावालाई शुद्ध राख्छ ।
स्नेक प्लान्ट
स्नेक प्लान्ट एउटा कमन प्लान्ट हो जसलाई घरमा राख्न सकिन्छ । यसले पनि हावालाई फ्रेस राख्ने काम गर्छ भने अक्सिजनको मात्रा बढाउँछ । जसले आसपासको तापक्रमलाई तीव्र रूपमा कम बनाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण