शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मीमा कोठालाई चिसो राख्न सहयोग गर्ने पाँच इनडोर प्लान्ट

शुक्रबार, २६ जेठ २०८०, १० : ०८
शुक्रबार, २६ जेठ २०८०

चर्को घाम र गर्मीले सबैलाई समस्यामा पारेको छ । दिउँसोको चर्को घामका कारण धेरैको घरका भित्ता र छत तात्न थालेका छन् । कोठाभित्र बसेर पनि मानिसले गर्मीबाट राहत पाउन सकेका छैनन् । यस्तो अवस्थामा मानिसहरू एसी वा कुलर चलाएर घर चिसो पारिरहेका छन् तर बिजुलीको महसुल बढ्ने चिन्ता पनि छँदै छ । तर यहाँ यस्ता केही प्राकृतिक तरिकाहरू छन्, जसको मद्दतले तपाईं आफ्नो कोठाको तापक्रम घटाएर ताजा महसुस गर्न सक्नुहुन्छ । हामी तपाईंलाई यस्ता केही रूख वा बिरुवाबारे जानकारी दिँदै छौँ जसले आफ्नो वरिपरिको तापक्रमलाई सजिलै घटाउने काम गर्छ । यी बिरुवाहरू तपाईं आफ्नो कोठामा राख्न सक्नुहुन्छ र गर्मीबाट राहत पाउन सक्नुहुन्छ ।

तापक्रम कम राख्ने बिरुवाहरू

aloe veraएलोभेरा

नर्सरी लाइभका अनुसार एलोभेराले छालामा हुने कुनै पनि प्रकारको जलनलाई शान्त मात्र बनाउँदैन, यसले तापमानलाई कम राख्न पनि मद्दत गर्छ । वास्तवमा, एलोभेराले हावाबाट विषाक्त पदार्थहरू हटाउन र अक्सिजन स्तर बढाउन द्रुत रूपमा काम गर्छ । त्यसैले यसले प्राकृतिक रूपमा कोठालाई चिसो बनाउन सक्छ ।

baby rubber plantबेबी रबर प्लान्ट

बेबी रबर प्लान्टले वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडलाई सजिलै सोस्ने गर्छ र अक्सिजनको मात्रा बढाउँछ । यसका कारण गर्मीको स्तर स्वतः घट्न थाल्छ । यति मात्र होइन, यसले इन्फ्लामेसन (सुजन) कम गर्न पनि मद्दत गर्छ ।

golden pothosगोल्डन पोथोज

गोल्डेन पोथोज पनि हावालाई चिसो पार्ने निकै प्रभावकारी बोट हो । यो वास्तवमा मनी प्लान्टको एक प्रकार हो, जसले हावाबाट धुलो र कार्बनलाई छिटो फिल्टर गर्ने काम गर्छ ।

ficus-treeफाइकस

फाइकस ट्रीलाई तपाईं सजिलै गमलामा लगाउन सक्नुहुन्छ र कोठामा राख्न सक्नुहुन्छ । यो प्लान्टले कोठाको मोइस्चरलाई बढाउँछ र हावालाई शुद्ध राख्छ ।

snake plantस्नेक प्लान्ट

स्नेक प्लान्ट एउटा कमन प्लान्ट हो जसलाई घरमा राख्न सकिन्छ । यसले पनि हावालाई फ्रेस राख्ने काम गर्छ भने अक्सिजनको मात्रा बढाउँछ । जसले आसपासको तापक्रमलाई तीव्र रूपमा कम बनाउँछ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप