सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो पालामा ‘सीता’ बनेकी नायिकालाई अँगालो पनि हाल्न पाइँदैनथ्यो, चुम्बन त परको कुरा : दीपिका

शुक्रबार, २६ जेठ २०८०, ११ : ०७
शुक्रबार, २६ जेठ २०८०

‘आदिपुरुष’ फिल्म प्रमोसन पछि कृति सेनन विवादमा फसेकी छिन् । उनलाई फिल्मका निर्देशक ओम राउतले मन्दिर परिसरमा चुम्बन गरेका थिए । यो भिडियो सार्वजनिक हुने बित्तिकै सोसल मिडियामा उनीहरू ट्रोल भए ।  

कृतिले भूमिका निभाएकी छिन्, मैले बाँचेकी छु

एक भारतीय सञ्चार माध्यमसँग रामानन्द सागरको टिभी सिरिज रामायणमा सीताको भूमिका निर्वाह गर्ने दीपिका चिखलियाले यसबारे कुराकानी गरेकी छिन् । उनले पनि यसको विरोध गरेकी छिन् । दीपिकाले भनेकी छिन्, ‘आजकालका कलाकारको समस्या यही हो जस्तो लाग्छ । उनीहरू न त पात्रमा बाँच्छन् न नै त्यसको इमोसनलाई बुझ्छन् । उनीहरूका लागि रामायण त एउटा फिल्म मात्रै होला । सायदै आफ्नो आत्माले यसलाई नियालेका छन् । हेर्नुहोस्, कृति आजको समयकी नायिका हुन् । आजको समयमा कसैलाई चुम्बन गर्नु वा अँगालो हाल्नु एक स्विट जेस्चर मानिन्छ । उनले कहिल्यै आफूलाई सीता जी मानेकी छैनन् होला । यो इमोसनको कुरा हो, मैले सीताको पात्र बाँचेकी छु । आजका नायिकाले यसलाई एक भूमिका ठानेर निभाउँछन् । फिल्म वा प्रोजेक्ट सिद्धिएपछि उनीहरूलाई कुनै फरक पर्दैन ।’

चुम्बन गर्नु त टाढाको कुरा

दीपिका थप्छिन्, ‘अब हाम्रो कुरा गरौँ । सेटमा हामीलाई कसैले पनि हाम्रो नाम लिएर समेत बोलाउने हिम्मत गर्दैनथे । हामी सेटमा हुँदा धेरै मानिस आएर हाम्रो खुट्टा छुने गर्दथे । त्यो समय नै भिन्न थियो । त्यति बेला हामीलाई कलाकार नभई भगवान् नै ठानिन्थ्यो । हामी त कसैलाई अँगालो समेत हाल्न सक्दैनथ्यौँ, चुम्बन त परको कुरा । आदिपुरुष पनि रिलिजपछि सबै अभिनेता र आफ्ना अन्य प्रोजेक्टमा व्यस्त हुनेछन् र भूमिकालाई सायद बिर्सनेछन् तर हामीले त्यस्तो कहिल्यै गरेनौँ । मानिसहरूले हामीलाई कतै माथिबाट आएको र यो दुनियाँमा बसिरहेको भगवानको रूपमा व्यवहार गर्न थाले । त्यसैले हामीले पनि त्यस्तो केही पनि गरेनौँ जसले मानिसको भावनामा चोट पुर्‍याउँथ्यो ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप