ऊर्जा, भौतिक, सहरी र खानेपानीको बजेटमा ध्यान दिन सांसद वाग्लेको सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले खास गरी चार वटा मन्त्रालय ऊर्जा, भौतिक, सहरी र खानेपानी मन्त्रालयको बजेटमा विशेष ध्यान दिन अर्थमन्त्रालयलाई सुझाव दिएका छन् । शुक्रवार प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले यी चार वटा मन्त्रालयले मात्र कूल पुँजीगत बजेटको ७५ प्रतिशत खर्च होल्ड गर्ने हुँदा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।
‘हार्ड इन्फ्राट्रक्चरमा ऊर्जा, भौतिक, सहरी र खानेपानी मन्त्रालयले मात्रै पुँजीगत खर्चको ७५ प्रतिशत बजेट मुबिलाइज गर्ने हुनाले ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने हुन्छ । हाम्रा अटेन्सनहरुलाई नछरौं’ सांसद वाग्लेले भने, ‘यसैगरी लङ ट्रम भिजनहरू एलसिडी ग्याजुएशन, एसटीजीज् र डिजिटलाइजेशन, टुरिजम र हाइ भ्यालु एग्रिकल्चर जस्ता आर्थिक वृद्धिका स्रोतहरूलाई प्राथमिकतामा राख्नुपर्छ’ उनले भने ।
सोही अवसरमा सांसद वाग्लेले आर्थिक विधेयकमार्फत करका दर समान २४.३७ प्रतिशतले बढाइएको प्रति असन्तुष्टि पोख्दै जे गर्दा पनि हुन्छ भन्ने भाव नेतृत्वमा देखिएको बताए । ‘अर्थमन्त्रीज्यू व्यस्त हुनुहुन्छ भनेर मैले हिजो अर्थ सचिवलाई फोन गरेको थिए । उहाँले करको दरको सवालमा लिनियर प्रोजेक्सन गरिएको भन्नु भयो । त्यसो होइन, २४.३७ लेखेर एउटा १० कक्षामा पढ्ने विद्यार्थीले जस्तो सरर...तानिएको हो’ उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण